देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापाको गौरादह नगरपालिकामा कांग्रेस उमेदवार विजयी

देशान्तर

झापा । नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला तथा एमाले सांसद दिपक कार्कीको निर्वाचन क्षेत्र रहेको झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार रोहितकुमार साह निर्वाचित भएका छन् । उनले १० हजार ३ सय ८ मत प्राप्त गरे ।
एमाले सांसद् दिपक कार्कीले यसअघि दुईपटक गौरादहको गाविस अध्यक्ष जितेका थिए ।

यो एमाले पकड क्षेत्रमा कांग्रेस पार्टीका लागि साहको विजय अप्रत्याशित नतिजासमेत बन्न पुगेको छ । साहका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत पाए ।

उपमेयरमा भने एमालेले जित निकालेको छ । १० हजार ६ सय २० मत ल्याउँदै एमालेकी उम्मेदवार गीता भेटवाल यहाँ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार सुमित्रा खरेल ढुंगानाले ७ हजार ९ सय ११ मत ल्याएकी छिन् ।