काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार प्रधानन्यायाधीशमा नियुक्त श्रेष्ठलाई मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए । तर उपसभामुख इन्दीरा रानामगर भने सहभागी भइनन् । उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन ।
प्रतिक्रिया