देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिनावात्रालाई आठ वर्षको जेल सजाय

देशान्तर

काठमाडौं । थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा आज अदालतले तीन अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय सुनाएको हो ।
नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सरकारी बैंकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको र मनोनीत व्यक्तिमार्फत अवैध रूपमा सेयर राखेको कसुरमा दोषी ठह¥याइएको अदालतले जनाएको छ ।
थाइल्यान्डका विभाजनकारी नेताको उपमा पाएका सिनावात्रालाई १५ वर्षको निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेल सजाय सुनाइएको हो ।
पूर्वप्रधानमन्त्री सिनावात्राको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रूपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट कारावासको सजाय भएको छ ।
७४ वर्षीय सिनावात्रालाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्नेछन् भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।