काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नाफामा छलाङ पारेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्ष १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्ष भने १८४/७५ प्रतिशतले बढाएको छ । एक वर्षमै कम्पनीले ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३८/४२ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।कम्पनीको कुल बीमा शुल्क आर्जन ३ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३१ करोड ४० लाख, लगानी, कर्जा तथा अन्यबाट ६ करोड २५ लाख बढी आम्दानी गरेको छ ।
गत वर्ष कम्पनीले २ अर्ब ५० करोड ८३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले ११ हजार ८५८ वटा दावी भुक्तानी गरेको हो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तै, बीमा कोषको आकार भने १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
प्रतिक्रिया