राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते लिने भएको छ । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको बोर्डले बुधबार सूचना जारी गर्दै असोर ६ र ७ गते पूरक परीक्षा लिइने जनाएको हो । उक्त परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भर्न भनिएको छ ।
दुई वटा विषयमा अनुत्तिर्ण विद्यार्थीहरु उक्त परीक्षामा सहभागी हुन पाउने छन् । पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी वा एक मात्र विषयमा अनुत्तीर्णहरुको परीक्षा लिइने छ । दोस्रो दिन असोज ७ गते दोस्रो अनुत्तीर्ण विषयको परीक्षा लिइने छ ।
कक्षा १२ को प्रकाशित नतिजा अनुसार १ लाख ८९ हजार ७ सय ११ जना विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य छन् । यस्तै, ५९ हजार ६ सय २६ जना विद्यार्थीहरुले ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउने छन् । तर, १ लाख ८२ हजार ९ सय २६ जना विद्यार्थीहरु अनुतीर्ण भएका छन् ।
प्रतिक्रिया