काठमाडौँ । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance & Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिनेL & D Excellence Award – 2023 बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।
मिति २०८० श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख श्री विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।
सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया