देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम कायम

देशान्तर

काठमाडौं । टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम कायम भएको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । उक्त गालिएको सुन ३४ वटा बिस्कुट आकारका बनेका छन् ।
साउनको २ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको थियो । त्यसमा करिब क्विन्टल सुन ल्याइएको अनुमान गरिएको थियो ।
राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्र बैंकलगायतका प्रतिनिधि राखेर सुन निकाल्ने र गाल्ने काम गरिएको थियो ।
सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि गाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।