विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिका मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका शंकर राई ६ हजार ९६१ मत ल्याएर मेयरमा निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका भुपेन्द्र लावतीले ६ हजार ६६५ मत पाएका छन्।
त्यसैगरी, उपमेयरमा एमालेकी कृष्णकुमारी पोखरेल ६ हजार ९०९ मत ल्याएर विजयी भएकी हुन्। कांग्रेसकी सुभद्रादेवी भट्टराई ५ हजार ७४० मत ल्याएर निकटतम प्रतिद्धन्दी भइन्।
प्रतिक्रिया