काठमाडौं । कास्कीको वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलीग्राम पहेलो धातु सहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा जाने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । शरीर तलास गर्ने क्रममा कल्पनाले सेतो टेपले बेरि भित्री वस्त्रमा लुकाइ छिपाइ राखेको अवस्थामा सुन जस्तै देखिने धातु भेटिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया