काठमाडौं । पहिलो चरणमा १० नगरपालिका जितेको माओवादीले दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा तीनवटा नगरपालिकाबाहेक अन्यमा जित हासिल गर्न सकेको छैन ।
निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी नगरे पनि प्रतिस्पर्धी कांग्रेस(एमालेकै हाराहारीमा ‘स्ट्रोङ थर्डु (बलियो तेस्रो शक्ति) हुने आकलन माओवादी केन्द्रको थियो । तर, माओवादीले यसपटक आफ्नै बलियो आधार इलाका मानिएको रोल्पाकै पनि तीनवटा तह गुमाएको छ ।
रोल्पाको दुई तह एमाले र एउटा कांग्रेसले माओवादीको पोल्टाबाट खोस्न सफल भएका छन् । दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म जितेको नगरपालिकामध्ये एउटा रोल्पा नगरपालिका, अर्को बर्दियाको बाह्रबर्दिया नगरपालिका तथा तेस्रो अर्घाखाँचीको भूमिकास्थान नगरपालिका मात्रै हो ।
निर्वाचन तथ्यांक विश्लेषण गर्ने हो भने माओवादीले दोस्रो संविधानसभा निर्वाचनभन्दा केही हदसम्म मत प्रतिशत बढाएको छ । तर, जितेको परिणाम हेर्ने हो भने सहरमा होइन, गाउँमै माओवादी खुम्चन पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया