देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा रेल दुर्घटना परि ३० जनाको मृत्यु ,मोरोक्कोमा मिनी बस दुर्घटना हुँदा २४ जनाको मृत्यु

देशान्तर


पाकिस्तानमा भएको रेल दुर्घटनामा हालसम्म ३० जनाको मृत्यु भएको छ । ८० भन्दा बढी घाइते भएका छन् । मिडिया रिर्पोटका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । जियो न्यूजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको थियो, जहाँ उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको संख्या अझै बढ्न सक्ने जनाईएकोृ छ ।

यसैविच मोरोक्कोमा मिनी बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । मोरोक्कोको डेमनेट शहरमा गुडिरहेको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिंदा २४ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा रहेका छन् भने घाइतेहरुको अवस्था समान्य रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुर्घटनाका कारण मिनीबस क्षतबिक्षत भएको छ । दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत दिने घोषणा गरिएको छ । सडक संरचना कमजोर भएका कारण मोरोक्कोमा पटक पटक सडक दुर्घटना हुने गरेको छ । यसअघि गत मार्च महिनामा भएको मिनीबस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।