देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजाप्रसादको जन्मजयन्ती ९३ औं जन्मजयन्ती आज

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइदै छ । २०६२/६३ सालको जनआन्दोलनका नायक तथा सफल राजनेता गिरिजाप्रसाद कोइरालाको विसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो ।

कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला भारतमै उनको जन्म भएको हो । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । नेपाली काँग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लागि स्मरणीय छ । उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट उनी पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए ।

जनआन्दोलनपछि उनले राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाएका थिए । उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई संविधान सभा निर्वाचनमा गएको थियो ।

उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो । अहिले पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पटकपटक मुलुकमा गिरिजाबावुको आवश्यकता रहेको बताउँदै आएका छन् । २००३ सालमा विराटनगरमा मजदूर आन्दोलन गर्दागर्दै उनमा राजनीतिक चेतना जागरुक भएको थियो ।