देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

देशान्तर

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

शनिबार दिउँसो करिब साढे २ बजेदेखि उक्त सडकखण्डमा दुईतर्फी नै सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलानजिकै खसेको पहिरो पन्छाएर सडक खुलाइएको कार्यालयले जानकारी दिएको छ ।