काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो ।
एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अोलीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन ।
अब संसदीय सुनुवाईपछि पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।
प्रतिक्रिया