देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय लोकसभा बैठकमा विपक्षीको विरोध

देशान्तर

काठमाडौ । मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ ।

प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरुले विरोध गरेका थिए । सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दैे विरोधस्वरुप प्लेकार्ड देखाउनु र नारा लगाउनु कुनै पनि समस्याको समाधान नभएको बरु त्यो संसदीय परम्परा विरुद्ध भएको बताएका थिए ।
कांग्रेस र अन्य विपक्षी दलहरूले आजको कार्यसूचीका विषयलाई हटाएर मणिपुरको स्थितिबारे छलफल गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यही साउन ४ गतेदेखि शुरु भएको संसद्को हिउँदे अधिवेशन प्रारम्भदेखि नै अवरुद्ध हुँदै आएको छ ।