देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असार १५ गते आज राष्ट्रिय धान दिवश मनाईदै

देशान्तर

काठमाण्डौँ । आज असार १५ गते , राष्ट्रिय धान दिवश मनाईदैछ ।  मुठी खाएर मुरी उब्जाउने असार महिनाको मध्य अर्थात् असार १५ का दिन धान रोपाई कार्यक्रम गरेर दिवश मनाउने गरिन्छ ।

 

यस बर्ष ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ दिवश मनाइदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्र्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।

 

राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिपरिषदमा निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

 

धान दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल मात्रै हो । विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियाका देशहरुमै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञहरु बताउछन् ।

 

नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । आजको दिन हिलोमा टेक्नुपर्छ भन्ने नेपाली परम्परा छ ।

 

धान दिवशका अवशरमा सम्पुर्ण नेपालीलाई सुभकामना दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न दुई बाली धान खेतीका लागि प्रयास भइरहेको बताउनुभएको छ ।