देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन जोख्दै राष्ट्र बैंक,विमानस्थलका कर्मचारीहरू निलम्बनमा पर्ने

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरेको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंक लगिने भएको छ ।

राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल एकिन गर्न कार्यालय समय सुरु भएपछि आवश्यक प्रक्रिया पुरा गरेर राष्ट्र बैंक लैजाने तयारी भइरहेको हो । बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल सुन बरामद भएको छ ।

यसैबीच, विमानस्थल भन्सारबाट जाँच पासपछि सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर अनुसन्धान थाल्ने तयारी छ ।

हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ । सुन तस्करीमा संलग्न रहेको आशंकामा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल, हर्क राई, अशोक लामासहित पक्राउ परिसकेका छन् ।