बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले जनता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको बताएका छन् ।
स्थानीय चुनावमा जनताले लोकतन्त्रको अभ्यास गर्न पाएको र यसबाट जनता उत्साहित भएको उनले बताए । यादवले भने, कहाँ बहिस्कार छ झण्डै आधा किलोमिटर लाइन । जनता वडो उत्साहका साथ लाइन बसेर भोट हालिरहनु भएको छ ।’
राजपाको बहिस्कारबारे सोधिएको प्रश्नमा उनले भने, ‘दे लस्ट द ब्याटल भन्छ । नि यो संघर्ष उहाँहरुले गुमाउनु भयो ।’
प्रतिक्रिया