काठमाडौं । काठमाडौं महानगरपालिकाले चलचित्रको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको हो । जरिवाना पछि चलचित्रका निर्माता सुरेश वाग्लेले सामाजिक संजालमा लेखेका छन बालेन जी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग पनि गरिदिनुहोला ।
वाग्लेले आफूहरुको जानकारीविना बितरकले आफ्नो धरको भित्तामा टासेको पोस्टरको महानगरले ५० हजार जरीवाना तिराएको भन्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले सञ्चारमाध्यममा ल्याउनु पुर्व जानकारी गराएको त्रुटि सच्याउने समय पाउँउने उल्लेख गरेका छन ।
वाग्लेले वातावरण प्रदूषण विरूद्धको महानगरको अभियानमा साथ र सहयोग सदैव रहने पनि बताएका छन् ।
प्रतिक्रिया