काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि लिएको ८३ करोड रुपैयाँ ऋण दायित्ववापतको रकम तिरेको छ ।
निगमले असार मसान्तसम्ममा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ८३ करोड नौ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको हो ।
यसअघि, निगमले ०७९ साल असारदेखि चैत्रसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
प्रतिक्रिया