काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । शनिवार यता अमेरिकी डलरको भाउ स्थिर छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५पैसा रहेको छ ।
आज क्यानेडियन डलरको बिक्री मूल्यमा सामान्य गिरावट आएको छ । शनिवार क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ९८ पैसा र बिक्री दर १०० रुपैयाँ ४३ पैसा रहेकोमा आज खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्री दर ९९ रुपैयाँ ७० पैसा रहेको छ ।
प्रतिक्रिया