ओखलढुंगा । मौन अवधिमा मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा नेकपा एमालेका सांसद् यज्ञराज सुनुवार पक्राउ परेका छन् । मंगलबार दिउसो ओखलढुंगाको मोलुङ गाउँपालिकाको रामपुरमा मतदातालाई सुनुवार आफैले पैसा बाडिरहेको फेला पारेपछि स्थानीयहरुले उनलाई पक्राउ गरी प्रहरी चौकीमा बुझाएका हुन् ।
उनलाई यतिबेला रामपुरस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । सुनुवार ओखलढुंगा क्षेत्र नं. १ बाट निर्वाचित सांसद् हुन् । मोलुङ गाउपालिकाका स्थायी बासिन्दा सुनुवारले उक्त गाउपालिका प्रमुखमा नेकपा एमालेबाट प्रत्यासी बनेका मणिराज राईको पक्षमा मतदान गराउन स्थानीय मतदातालाई पैसा बाडेका हुन् ।
‘उहाँले (यज्ञराज सुनुवार) आज दिउसो साढे दुई बजेतिर एक हुल कार्यकर्ता लिएर मोलुङ गाउपालिका वडा नम्बर ३ का मतदातालाई पैसा बाड्दै गरेको रंगेहात फेला पार्यौं, त्यसपछि हामीले उहालाई पैसा सहित प्रहरी चौकीमा बुझाएक हौं’, एकजना स्थानीयले नाम नबताउने सर्तमा देशान्तरलाई बताए ।
प्रतिक्रिया