काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे जानकारी लिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपराह्न मन्त्रालयमा भएको भेटमा उनले एमसीसी कार्यान्वयनबारे बुझेका हुन् ।
भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति भएपछि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगमा हुने बढोत्तरी र दुई मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया