काठमाडौं । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले जातीय विभेदका कारण घटेका शृङ्खलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएकोलगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध मोर्चाले खबरदारी गरेको हो । उनीहरूले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया