देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४४ रुपैयाँ बढी

देशान्तर

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा कायम गरेको छ ।  

हिजो अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ तथा  बिक्री दर १३२.६९ रुपैयाँ रहेको थियो, त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँमा कारोबार भएको थियो ।    

बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९६ रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ १ पैसा र बिक्रीदर  १० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैङ्कले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ ।