काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।
अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ टविट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन ।
काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,
‘आज एउटा विशेस दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे,
‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’
प्रतिक्रिया