काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता जगतबहादुर बोगटीविरुद्ध पनि प्रहरीले अनुसन्धान थालेको छ । बोगटी २०६३ मा भूमि सुधार तथा व्यवस्था मन्त्री हुँदा ललिता निवास जग्गालाई नक्कली पशुपति टिकिन्छा गुठी खडा गर्न संलग्न रहेको सीआईबीको छानबिन समितिको निष्कर्ष छ ।
बोगटी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । भूमिसुधार मन्त्री भएको बेलामा हुँदै नभएको पशुपति टिकिन्छा गुठी खडा गर्ने टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको आरोप उनीमाथि छ ।
प्रतिक्रिया