देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढी पहिरोबाट क्षतिग्रस्त जलविद्युत क्षेत्रप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण 

देशान्तर

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरूले बाढी पहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार बिहान प्रधानमन्त्रीलाई भेटेर गत जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्लामा आएको बाढी पहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे ध्यानाकर्षण गराएका हुन् ।