विराटनगर । कोसी प्रदेश सरकारको नेतृत्वमा आज दाबी प्रस्तुत हुँदै छ ।
कोसी सरकार निर्माणका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेस गर्न लागेका हुन ।
नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन् । तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ ।
प्रतिक्रिया