काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंहबारेको अभिव्यक्तिको प्रष्टिकरण दिएका छन् । एक पुस्तक विमोचनको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएपछि अहिले आलोचना भइरहेको छ ।
उनले त्यसबारेमा क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलामा आफ्नो अभिव्यक्तिलाई मिलाएर बबण्डर गर्न खोजिएपछि केही हुनेवाला नरहेको चेतावनी दिए ।
“एउटा सी को किताब विमोचन गर्दै गर्दा उनले बोलेको कुरा मैले बोलेको हो । मेरो कुरा होइन । उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिक क्षेत्रमा पनि उहाँले चासो राख्नुुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ,” उनले भने, “कहिले दिल्ली कहिले नेपालको पार्टीसँग लाग्नुहुन्थ्यो उहाँको बारेमा भनेका कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिने वाला छैन ।”
यसले विपक्षमा कति विक्षिप्तता, पूर्वाग्रह छ भन्ने देखिएको उनको भनाइ छ । उनले जसरी पनि प्रधानमन्त्री बनिएको उनको भनाइ छ ।
उनले ललिता निवासमा ठूलो सेटिङ भएको बताए । जनताको साथ भएपछि कसैले हल्लाउन नसक्ने प्रधानमन्त्रीको भनाइ छ । “हेर्दै जानुहोला अझै अगाडि बढिन्छ । छोडिँदैन । यसो गर्दै जाँदा जनताको साथ युवाको साथ हुँदै गएपछि कसैले हिलाउन सक्छ भन्ने लागेको छैन,” उनले भने ।
प्रतिक्रिया