देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदातामा देखिएको मनोबिज्ञान

देशान्तर

नेपाल यतिबेला सँघिय लोकतान्त्रिक गणतन्त्रको पद्धतीबाट सन्चालन हुने शासन ब्यावस्थाको अभ्यासको चरणमा छ । संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको क्रममा रहेका हामी राजनितिकदलहरुले प्रतिस्पर्धामा आधारीत बहुदलिय प्रजातान्त्रिक पद्धतीलाई अँगालेर अगाडी बढि रहेका छौ ।

 
पहिलो संबिधानसभाबाट संबिधान जारिगर्न नसकेपनि दोस्रो संबिबधान सभाबाट हामीले संबिधान जारी गरेका छौ । जारी भएको संबिधानमा अपुग भएका र छुटफुट भएका बिषयहरुलाई संबिधान सँशोधन मार्फत समाबेस गर्न संबिधान संशोधनको बाटो पनि खुल्ला गरि सकेको छौ ।
संबिधानसभाबाट जारी भएको संबिधान कार्यन्वयनमा लानु सबै राजनितिक दलहरुको दायित्व हो र यसका लागि दलिय प्रतिस्पर्धाका आधारमा अगाडी बढ्न हामी अहिले स्थानियतहको पहिलो चरणको निर्वाचन सक्काएर दोस्रो चरणको निर्वाचनमा होमिएका छौ । संबिधान जारी भएपछिको पहिलो निर्वाचन र केहि मधेश केन्द्रित दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने अवस्था आएका कारण स्थनियतहको निर्वाचन एकै चरणमा हुन सकेन ।

 
यसका बिषयमा पछिल्ला दिनहरुमा चर्चा हुदै जालान । तर, अहिले दोस्रो चरणको निर्वाचन सम्पन्न हुन अब चार दिन मात्र बाँकि रहदा आम जनता मतदानका लागि आतुर देखिएका छन । निर्वाचनकै अभियानका क्रममा म आफैपनि अहिले बिभिन्न जील्ला हुदै मोरङ आईपुगेको छु । तराईको दुई नम्बर प्रदेश बाहेक पुर्ब मेचि देखि पश्चिम माहाकाली सम्मका मतदाताको मनोबिज्ञान जसरी पनि निर्वाचन सम्पन्न हुनुपर्नेमा केन्द्रित छ भने उनिहरुले यो निर्वाचनलाई एउटा माहाउत्सवको रुपमा लिएका छन ।

 
हामीले अब के बिर्सन हुदैन भने मतदान गर्न तयार भएर बसेका दुई नम्बर प्रदेशका मतदाताको मनोज्ञिानमा मोबाईल, टेलिभिजन र संन्चार माधयाममाबाट आउने निर्वाचनका खबरले असर पार्दैन । हामीले किन र के का लागि कस्तो सहमति गरेर दुईनम्बर प्रदेशको निर्वाचन सार्यौ ?यसका कारणहरु पनि बिस्तारै सतहमा अउलान । तर,सत्तापक्षका राजनितिक दलहरुले मात्र होईन,प्रमुख प्रतिपक्षी र निर्वाचन बहिस्कारमा हिडेको राष्ट्रिय जनता पार्टीमा नेताहरुले पनि दुईनम्बर प्रदेशका मतदाताको मनोबिज्ञानलाई बुझ्न आवस्यक छ ।

 

अझ सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यो कुरा बुभ्नुपर्छ र मतदाताको निर्वाचन प्रति तयार भएर बसेको मनोबिज्ञानलाई सम्मान जनक रुपमा ब्यावस्थापन गर्नुपर्छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेशहरुमा निर्वाचित जनप्रतिनिधिहरुले बिकास निर्माणका योजनाहरु तयार गर्न थालि सकेका छन ।

 
आगामी आर्थीक बर्षको बजेट तयारीमा जुटिसकेका छन र त्यस क्षेत्रका जनताहरु आफ्ना सबै समस्या गाउँ,नगर र माहानगरबाट हुनेकुरामा ढुक्क भएर निर्वाचत जनप्रतिपनपधहरुलाई निगरानी गर्न सुरु गरिसकेका छन । चारदिनपछि यहि लहर एक,पाँच र सात नम्बर प्रदेशमा पनि सुरुहुन्छ । निर्वाचन सम्पन्न भएका ६ वटा प्रदेशका हिमाल,पाहाड र तराई बिकास निर्माणमा जुटि सक्दा निर्वाचन हुनै नसकेको दुई नम्बर प्रदेशका जनता र मतदान गर्न योग्य भएर पनि मतदान गर्न नपाएका मतदाताहरुको मोबिज्ञानले के भन्छ ?। सिमित नेताहरुको स्वार्थका कारण मतदान गर्न पाएनौ भनेर चित्त बुझाउँछ कि राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा अपहेलित गर्यो भन्छ ?।
यी प्रश्नहरुको उत्तर कम्तिमा पनि संगै संबिधान जारीगर्ने दलहरुले दिनुपर्छ । एमालेको गुम्रहाबादी सोच जनता छल्ने का गर्र्यो । प्रमुख प्रथिपक्षीदल नेकपा एमाले खोक्रो राष्ट्रबादको नारा लिएर जनता झुक्याई रहेको छ । उसको यो खोक्रो र उग्रराष्टबादले देशमा बिखण्डको बिउँ रोपिने सम्भावना बढाउदै लगेको छ । कसका कारणले दुईनम्बर प्रदेशमा निर्वाचन हुन सकेन ? कस्का कारणले संबिधान संशोधन हुन सकेन । कस्का कारणले राष्ट्रिय जनतापार्टी चाहेर पनि निर्वाचनमा जान सकेन भन्दा एमलेको उग्र राष्टबादका कारण देश सहमतिका साथ निर्वाचनमा जान सकेन ।

 
समय थोरै भएपनि कांग्रेसले जिम्मेवार भएर यो बास्तबिकताको जानकारी आम जनतालाई गराउनुपर्छ । इमान्दार रुपमा सत्यकुरा आम मतदातालाई भन्न कांग्रेसले सक्नुपर्छ र सक्छ । एमालेले बाँडेका खोक्रा र गुलिया नाराको प्रतिफल पहिलो चरणको निर्वाचनमा मतदाताले पाईसकेका छन । एमालेको भ्रमबाट अलमलिएको मतदाताको मोबिज्ञानलाई भ्रमित हुन दिनुहुदैन । एमालले छरेको भ्रम उजागर हुदै गएपछि अहिले निर्वाचन हुन लागेका तीन वटै प्रदेशमा कांग्रेस प्रति लहर चलेको छ । तर, कांग्रेस जनले एमालेको जस्तो भ्रम यो लहरलाई दिएर झुक्याउनु हुदैन । अहिले मेचि देखि माहाकाली सम्म कांग्रेस प्रति जुन लहर चलोको छ यसलाई उचित ढंगले ब्यवस्थापन गर्नुपर्छ ।

 
जनतालाई बास्बिक जे छ त्यो मात्रै कांग्रेसले दिनसक्छ र कांग्रेसले जति दिनन्छ त्यती अरुपार्टीले दिन सक्दैनन् । नेपालमा अहिले सम्म भएका परिवर्तहरुको नेतृत्व कांग्रेसले गरेको छ । राणाशासन फाल्ने देखि गणतन्त्र ल्याउने र संबिधान जारि गर्ने बिषय सम्म कांग्रेसले नेत्यत्व गरेको हो । त्यसकारण बिभिन्न आस्वासनमा भ्रमित भएर आलमलिएको मतदाताको मानोबिज्ञानलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ । कांग्रेस जनताको आसा हो,बिकास हो,बिकल्प हो । अरुदल भनेका नेपाली कांग्रेसको प्रतिक्रियामा जन्मिएका पार्टीहरुहुन । अरुदलले जसरी मतदातालाई भ्रमित गरेर नेपाली कांग्रेसको हाराहारीमा पुग्न खोजेका छन यो बिडम्बना पुर्ण छ । कांग्रेसले गरेको का्रन्ती, कांग्रेसले गरेको संर्घष, आन्दोलन र योगदान हेर्ने हो भने अरु पार्टीसंग कांग्रेसको तुलना गर्न मिल्दैन ।

 
अहिले जनता निर्वाचनको माहाकुम्भमा उत्सव मनाईरहेको बेला मधेशको एक भाग असान्त ब्याकुल छ । लोकतन्त्र सस्थागत हुन नदिन मधेश भित्रैबाट बिभिन्न प्रबृतिहरु हाबी हुदैगएका छन र यसलाई मलजल गर्ने काम राष्टबादका नाउमा भईरहेको छ । मधेशी जनताको अधिकारको नारा दिएर धमियलएको राजनितिमा जनताका अधिकारहरु खोस्ने काम भईरहेका छन ।

 
यसलाई कांग्रेसले रोक्नुपर्छ र त्याँहाका जनतालले प्राप्त गरिसकेका अधिकारहरुलाई उपयोग गर्न दिनुपर्छ मधेशिका भईरहेका राजनितिका कारण उनिहरुका अधिकार खोसिन दिनु हुदैन । मैले माथि सतहमा जे बिषयहरु राखे ति बिषयहरुको समाधान नेपाली कांग्रेसले मात्रै गर्नसक्ने भएकाले कांग्रेसले गर्नुपर्छ भन्नेमा जोड दिएको हुँ ।

 
मतदान गर्ने दिन अब धेरै बाँकि छैनन् । तर, जनतालाई कांग्रेसले भन्नु पर्ने बिषयहरु भने धेरै छन । स्थानियतह पहिलो चरणको निर्वाचनमा केन्द्रमै पार्टी पार्टीका बिचमा तालमेल भयो तर जताले रुचाएनन् । र्कायकर्तातहमै असन्तुष्टी र असहयोगहरु च्ुुलिए । माओबादी केन्द्रसंगको गठबन्धन ब्यावहारीक भएन र हामीले पोखरा र भरतपुर जस्ता सुनिश्चित भएका ठाउँहरु छोड्नपर्यो ।अहिले कांग्रेसले केन्द्रबाट वा केन्द्रिय नेताको दबाबमा कुनैपनि स्थानियतहमा तालमेल गरेको छैन । जती ठाउमा जसरी भएका छन ति स्थानतियतह बाटै भएका हुन ।

 
पहिलो चरणमा एमालेका झुट्टा आव्वासन र कांग्रेसकै नेतृत्वतहबाट केहि कमिकम्जोरि भएका कारण केहि सिटमा अगाडी देखिएको एमाले अहिले कांग्रेस प्रतिको जनलहर देखेर अतालिएको अवस्था छ । बिराटनगर लगायतका केहि मुख्य ठाउँमा कांग्रेसलाई पराजित गर्ने उदेस्यले एमाले र अन्य दलहरुले तालमेल गरि रहेका छन । कतिपय ठाउँमा त तालमेलको बिषय निकालेर कांग्रेसलाई बदनाम गराउने काम पनि बिपक्षीदलहरुबाट भईरहेका छन । तर, कांग्रेस दर्जनौ दलहरुको तालमेलका बिचपनि एक्लै प्रतिस्पर्धा गर्न तयार छ । एक्लै जित सुनिश्चित गर्न तयार छ । किनभने कांग्रेस बिपक्षीदलहरुको तालमेसंग होईन जनतासंग डराउछ ।

 
जनताको बिश्वास र भरोसामा हिडेको कांग्रेसले तीनवटै प्रदेशका माहानगर,नगर र गाउँमा जित निकाल्ने कुरामा बिश्वस्त छ । चुनाब भनेको पनि एक प्रकारको खेलको माहाकुम्भ हो । फुबलको महाकुम्भमा राम्रो टिमले जहिले पनि मध्यन्तर पछि गएर नै जित हासिल गरेको हुन्छ । पहिले चरणमा कांग्रेस खेल नमिलेका कारण एक गोलले पछि पर्यो तर दोस्रो चरणको दुई एकको अन्तरले माथि पुग्छ ।

 
अर्को कुरा पहिलोचरणमा कांगेंस पछि पर्नुमा आन्तरिक कारण पनि छन । पहिलो पटक हामी स्थानिय निकायाबाट पुरै संरचना परिवर्तन गर्दै तहमा गएका छौ । २० बर्ष सम्म निर्वाचन लड्न नपाएका कारण पार्टी भित्र प्रतिस्पर्धा गर्ने आकाँक्षिहरुको संँख्यापनि धेरै भयो । कांग्रेस भित्र पनि सबै एकै प्रबृति मात्र छैन । पार्टी भित्र बिभिन्न प्रबृति छन ।

 

समग्रमा पार्टीलाई जनताको बिचमा लोकप्रीय बनाउने र सबैको बिचार सम्मान गर्ने एउटा प्रबृति छ भने अर्काे आफ्नो गुटलाई मात्रै हेर्ने र अवसरमा पनि आफ्नो गुटलाईमात्रै अवसर दिने प्रबृति छ । यसैकारण पहिलो चरणमा कांग्रेस एमाले भन्दा पछि देखियो । तर,अहिलेको चरणमा त्यस्तो भएको छैन ।