हेटौँडा । काठमाडौँबाट सर्लाहीको बयरबासतर्फ गईरहेको ना १ ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडकखण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर तल खसी आज दुर्घटना हुँदा जिपका एक यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ गुर्जुधारा बस्ने ४२ वर्षीया माइली सापकोटा रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवेन्द्र रानाले बताए ।
जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भई थप उपचारका लागि कुलेखानीबाट काठमाडौँको सुमेरु अस्पतालमा पठाइएको बताइएको छ । प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया