कैलाली । दोस्रो चरणको स्थानिय चुनावलाई लक्षीत गरेर कैलालीेमा आज देखी मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको छ ।
निर्वाचन अवधिभर कुनै घटना नघटोस् हेतुले आज देखी देखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको हो । जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल, रेस्टुरेन्टलगायत स्थानमा आज देखी २० गते सम्म मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाउने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए ।
स्थानिय तहको मतदान सम्पन्न भई मतगणनाको अन्तिम परिमाण नआउदासम्म मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको उनले बताए । नियमको उल्घन गरेमा हदै सम्मको कारवाही हुने रिजालले बताएका छन ।
प्रतिक्रिया