देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिफा कनफेडेरेशन कप: आज जर्मनी र क्यामरुन तथा चिली र अष्ट्रेलिया भिड्दै

देशान्तर

काठमाण्डौँ । फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगीतामा आज जर्मनी र क्यामरुन तथा चिली र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार सदा झैँ राति पौने ९ बजे खेल शुरु हुनेछ ।

 
पोर्चुगल र मेक्सीको फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगीताको सेमीफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गरेका पोर्चुगल समूह बिजेता र मेक्सिको उपबिजेताका रुपमा सेमिफाईनलमा प्रवेश गरेका हुन । दुबैैको समान सात अंक भए पनि गोलका आधारमा समूह बिजेता र उपबिजेता भएका हुन् ।

 
गएराति भएको खेलमा पोर्चुगलले न्यूजिल्याण्डलाई ४–० र मेक्सिकोले आयोजक रुसलाई २–१ गोलले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् । समूह ‘ए’ को अन्तिम खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले ३३ मिनेटमा पेनाल्टी मार्फत गोल गरी अग्रता दिलाएका थिए ।
बेर्नार्डो सिल्भाले ३७ औं, आन्द्रे सिल्भाले ८० औं र नानीले ९१ औं मिनेटमा गोल गरेर पोर्चुगललाई जिताएका हुन् । २५ औं मिनेटमा अलेक्जेन्डर सेमे डोभको गोलबाट अग्रता लिएर पनि मेक्सिकोसँग पराजित भएको रुस समूह चरणबाटै बाहिरिएको छ ।

 
मेक्सिकोका लागि ३०औं मिनेटमा नेस्टोर अराउखो र ५२औं मिनेटमा हिर्भिङ लोसानोले गोल गरेका थिए । रुसले एक खेलमा मात्रै जित्यो भने न्युजिल्याण्ड प्रतियोगितामा तीनै खेलमा पराजित भयो ।