भारतको कब्जाबाट ग्रेटर नेपालका भाग खोसेर नेपालाई फिर्ता गराइछाड्ने असम्भव प्रयासलाई सम्भव तुल्याउने अभियानले साँच्चै गति लिन लागेको हो ? हिजोआज त्यो सवाल जोडतोडले उठ्न थालेको छ– विभिन्न देशका गुप्तचरहरूका बीचमा । जति बेला भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चलेको थियो र त्यसले नक्सावादी आन्दोलनपछि अर्को विभाजनकारी खतरा निम्त्याउन सक्ने अनुमान लगाउन थालिएको थियो, त्यसबेला पनि त्यो आन्दोलनका पछाडिको शक्तिको पहिचान गर्ने प्रयास सफल हुन सकेको थिएन । अहिले पनि भएको छैन । कसले गराइरहेछ, राष्ट्रलाई असफल पार्ने अभ्यास ?
यद्यपि गोर्खाल्यान्ड आन्दोलन, पश्चिम बंगाल सरकारबाट छुट्टिएर गोर्खाली जातिको बसोबास रहेका पहाडी क्षेत्रलाई समावेश गरेर अलग राज्य खडा गर्न चलेको थियो । तथापि आन्दोलन लम्बिन थालेपछि गोर्खाल्यान्डको माग– सिलिगुडी, दार्जिलिङ, खर्साङ, कालिङपोङबाट फैलिएर आसाम र सिक्किमका नेपाली बस्तीमा समेत विस्तार हुन पुगेको थियो । त्यसैमा मिसिएर ग्रेटर नेपालको मागले पनि गोर्खाल्यान्डमा घुसपैठ मात्र गरेको थिएन, आफ्नो स्थान पनि बनाउन सफल भएको थियो । त्यसको गति र पदचाप दुवै अत्यन्त झिनो थियो तर एकथरीलाई त्यो पनि आकर्षक र कर्णप्रिय लागेकै थियो ।
भूमिगत रूपमा काठमाडौं छिरेको त्यो नक्साको सान्दर्भिकताप्रति कसैको अभिरुचि देखिएको थिएन । त्यसले काठमाडौंमा कसरी विस्तार पायो, त्यस सम्बन्धमा भने विभिन्न शक्ति केन्द्रका मानिसहरूबीच कानेखुसी चल्ने गरेको थियो ।
ठीक त्यसैबेला ग्रेटर नेपालको अमूर्त नारा र नक्साले धम्कीका रूपमा काठमाडौंमा प्रवेश पाएको थियो । भूमिगत रूपमा काठमाडौं छिरेको त्यो नक्साको सान्दर्भिकताप्रति कसैको अभिरुचि देखिएको थिएन । त्यसले काठमाडौंमा कसरी विस्तार पायो, त्यस सम्बन्धमा भने विभिन्न शक्ति केन्द्रका मानिसहरूबीच कानेखुसी चल्ने गरेको थियो । बनारसमा पनि त्यसका क्रियाकलापमाथि उत्सुकतापूर्ण समीक्षा हुन्थ्यो । काठमाडौं, दार्जिलिङ र वनारस कतै पनि ग्रेटर नेपालका लागि कटिबद्ध को हुन्, त्यसको पहिचान हुन सकिरहेको थिएन । अहिले पनि त्यो अन्योल कायमै छ । गोर्खाल्यान्ड आन्दोलनका भूमिगत नेताहरूको काठमाडौं आउँजाउँसँगै ग्रेटर नेपालको रहस्यमय नारा पनि भुसको आगो त बनिरहेको थियो तर कसले कुन उद्देश्यले फैलाउने काम गरिरहेछ, त्यो पत्ता लगाउने प्रयास बुद्धिजीवीका अतिरिक्त राजनीतिक कार्यकर्ता, पत्रकार तथा गुप्तचरहरूमा देखिने गरेको थियो ।
अहिले त्यही पिचाश, संविधान, लोकतन्त्र र अदालत आदि सबै केही पनि नमान्ने बालहठमा परिणत भएपछि मात्र सबैको होस खुल्न पुगेको छ ।
नेपालको राजसंस्था, पञ्चायत सरकार र प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन चलाइरहेका नेपाली कांग्रेसका नेताहरू त्यस प्रकारका क्रियाकलापप्रति चनाखा अवश्य थिए । तर त्यसका पछाडि लाग्ने जाँगर र उत्साह भने उनीहरूले देखाएका थिएनन् । एकथरीले निहीत स्वार्थ भएको शक्ति राष्ट्रले सुदूर परका लागि बिछ्याएको पत्ता मात्र हो, जसको तत्काल कुनै प्रयोजन छैन भन्ने निष्कर्ष निकालेर चनाखो हुन छाडिदिएका थिए ।
अहिले त्यही पिचाश, संविधान, लोकतन्त्र र अदालत आदि सबै केही पनि नमान्ने बालहठमा परिणत भएपछि मात्र सबैको होस खुल्न पुगेको छ ।
हिजो जुनबेला माओवादी आन्दोलन चलेको थियो, सुरुमा त्यसलाई कसैले पनि पत्याएका थिएनन् । झन् भारतले सबैभन्दा पहिले आतंककारी भनेको उनीहरूलाई सघाउँला भन्ने सोचेका थिएन । बाह्रबुँदे दिल्ली सम्झौतापछि मात्र सबै झल्याँस्स भए । अनि पो सबैले चिने, मैदानमा खेल्ने रातो जर्सीभित्रका खेलाडीको रंग अर्कै रहेछ ।
अहिलेका अनाडीजस्ता लाग्ने खेलाडी पनि जुन ट्रोजन हर्समा सवार छन्, त्यसको झ्यालढोकाबाट पर्दा खुल्न धेरै प्रतीक्षा गरिरहनु पर्ने छैन । घोर अराजकता, अव्यवस्था र स्वेच्छाचारिताको पराकाष्टा भइसकेकाले नीलो स्यालको पहिचान टाढा छैन । त्यसपछि सबै छर्लंग हुनेछ, कसले कसको निर्देशनमा अभिनय गरिरहेको रहेछ ! आदिपुरुषको आवरणमा को किन उन्मक्त भएको रहेछ, त्यसको तुजुक पनि देखिनेछ ।
प्रतिक्रिया