देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशमा दुई अध्यादेश जारी

देशान्तर

काठमाडौं। कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ । कोशी प्रदेश सरकारले हिजो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै बुधबार रातिबाट संसद अन्त्य भएको छ ।