देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटका विषयमा अर्थमन्त्री महतले आज जवाफ दिने

देशान्तर

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सकिएपछि प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने भएका छन् । दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री महतले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/ ०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल हिजो आइतबार सकिएको थियो ।

छलफलमा सहभागी विपक्षी दलका सांसदहरुले अर्थतन्त्रका समस्या समाधान गर्न बजेट असफल भएको टिप्पणी गरेका छन् । नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ । सत्तारुढ दलका अधिकांश सांसदले भने बजेटप्रति सकारात्मक धारणा राखेका छन् । सत्ता साझेदार दलकै केही सांसदले भने पुँजीगत खर्चको प्रभावकारिता बढाउन सुझाव दिएका छन् ।

अर्थमन्त्री महतले सदनमा उठेका प्रश्नको जवाफ दिइसकेपछि बजेट पारितको प्रक्रियामा जानेछ । हिजै अर्थमन्त्रीले जवाफ दिने भनिए पनि सभामुख देवराज घिमिरेले जवाफका लागि आजलाई एक दिन थप गरिएको जानकारी गराएका थिए ।