काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, भारत भ्रमणमा नेपालको सिमानाको विषय उठाउने बताएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसद रघुजी पन्तले उठाएको प्रश्नको जवाफ दिदैँ उनले कालापानी र ईपिजिको विषय भ्रमणका क्रममा उठाउने बताए ।
उनले धेरै वर्षपछि यो परियोजना अगाडी बढाउँने बारे नयाँ समझदारी हुने उनको विश्वास छ ।
उनले भने ‘सार्क बैठकबारे भारत भ्रमणको बारेमा सिमाना कालापानी लगायतका विषय उठ्छन् कि उठ्दैनन् ई पिजिको विषय उठ्छ कि उठ्दैन् भनेर राख्नु भएको छ। यसमा मेरो गम्भिर ध्यान छ । र यी विषय उपयूत्त छलफलको विषयमा जान्छन् । पञ्चेश्वरको बारेमा छलफल चलिराखेको छ । संवभत धेरै वर्ष पछि यो परियोजना अगाडि बढाउँने बारे नयाँ समझदारी हुन्छ भन्ने विश्वास छ ।’
प्रतिक्रिया