देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापा मालपोत कार्यालयका सुब्बा कीर्ते गरेको अभियोगमा जेल चलान

देशान्तर

झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ ।

घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले रु ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत माघमा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर कागजात कीर्ते गरेर करोडौँ मूल्यको जग्गा हडप्न खोजेको आरोपमा प्रहरीले १६ जनामाथि अनुसन्धान सुरु गरेको थियो । पीडित विष्टको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ जनामध्ये चारजना जेल चलान र दुईजना धरौटीमा रिहा भएका छन् ।

अन्य फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।