काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अब कांग्रेसमा परिवर्तन आउने बताएका छन् ।
शनिबार नवलपुरको देवचुलीमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्दै. कोइरालाले पार्टीले इतिहास बनाउनतर्फ लाग्नुपर्ने बताए । कोइैरालाले अब कांग्रेसको आउँदो अधिवेशनमा कांग्रेस फरक ढंगबाट अघि बढ्ने पनि उल्लेख गरे । आफ्नो लक्ष्य मन्त्री वा उच्च पदमा जाने नभएको भन्दै कोइरालाले अब कांग्रेसलाई बलियो र परिवर्तन कसरी गर्ने भन्ने पक्षमा आफू रहेको बताए ।
कांग्रेस बचाउन आजको प्रमुख आवस्यकता भनेको इतिहास स्मरण गर्नु र विपीको इतिहासलाई पछ्याउनु रहेको उन्को भनाइ छ । नेता कोइरालाले कांग्रेस कमजोर पार्टी नरहेको बताउँदै पार्टी बचाउन आफूले कांग्रेसमा परिवर्तन कुनै हालतमा ल्याएर छाड्ने दाबी गरे ।
प्रतिक्रिया