देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले केन्द्रिय समितिको बैठक

बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने

देशान्तर

नेकपा एमालेको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ ।  केन्द्रिय समिति बैठक भोलि ३० गतेसम्म जारी रहनेछ ।

 हिजोदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि अजेन्डा पेश गरेका थिए । 

 केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफ्नो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन्, ‘उक्त प्रतिवेदनमाथि समुह विभाजन गरी छलफल गरिने भएको छ, समुह छलफल पछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

 उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ आफ्नो प्रदेशको रिर्पोटिङ प्रस्तुत गरेका थिए ।

 बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ आफ्नो प्रतिवेदन पेश गर्नेछन् ।