परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जानुहुने भएको छ । बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद उक्त सम्मेलनमा भाग लिनका लागि आज बंगलादेशको राजधानी ढाका जान लाग्नु भएको हो । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।
भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिवारसम्म जारी रहनेछ । चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता उहाँ बेलायत जानु भएको थियो ।
प्रतिक्रिया