देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुनस् आन्दोलन सुरु हुने

देशान्तर

आजदेखि कोशी प्रदेश नामाकरण बिरुद्ध पुनस् आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।

 

संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजवाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश–१ को नाम कोशी राखे पछि मुख्यतस् किराँत र लिम्बुवान समुदायका मानिसहरु आक्रोशितत हुदैँ आएका छन ।

यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर बिरोध गर्ने जनाईएको छ भने कोशी प्रदेशका जिल्लाहरुमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभरी गरिने कार्यक्रम सार्बजनिक गरिएको छ ।

 

जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाईएको छ ।

 

यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेश स्तरिय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाईएको छ ।