काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
आज बिहान बुटवलबाट काठमाडौँ ल्याइएको हो उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।
विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।
यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् ।
यो प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत समेत पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया