काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने बताउनुभएको छ ।
आज नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनको बारेमा उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको बताउनुभएको हो ।
अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको समेत उहाँले बताउनुभयो । उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो ।
अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि अध्यक्ष ओलीको भनाई थियो ।
प्रतिक्रिया