देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से लगातार चौथो दिन पनि ओरालो

देशान्तर

काठमाडौं । नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको छ ।

गत बुधबार र बिहीबार घटेको नेप्से आइतबार पनि घटेको थियो । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको बजार मंगलबार ०.२३ प्रतिशतले घटेको हो ।

आज नेप्से ४।२७ अंकले घटेर १८६६.४० को विन्दुमा झरेको छ । २७१ कम्पनीको २३ लाख ३६ हजार ३२५ कित्ता सेयर ६९ लाख २२ हजार ७१ हजार ७५५ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटीभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ३५७.०२ विन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । ६ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

यसदिन म्युचअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ०।५४ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूहको समूहगत सूचक १।५३ प्रतिशतले घटेको छ ।

आज आत्मनिर्भर लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.२० प्रतिशतले बढेर ४३६.९० रुपैयाँ कायम भएको छ ।