काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएको छ ।
आज बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यो सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान समेत गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै सभापति लामिछानेलाई सरकारमा आउन सामेत आह्वान गर्नुभएको हो ।
यसअघि सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थन समेत फिर्ता लिने बताउनुभएको थियो ।
प्रतिक्रिया