काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत संचालन गरेको भन्दै कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।
विगत ५ वर्षदेखि घरको सटरमा संचालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्पलाई आज महानगरले सिल गरेको हो ।
असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले आयल निगमलाई महानगरभित्र पर्ने पेट्रोल पम्पहरूको अवस्थाको बारेमा सोधेको थियो ।
साथै निगमले मापदण्ड बाहिरका पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने प्रतिबद्धता जनाएको थियो ।
प्रतिक्रिया