देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज अक्षय तृतीया पर्व, पशुपतिमा दर्शनार्थीको घुँइचो

देशान्तर

काठमाडौं । आज वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्वमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको पूजा आराधना र दिन दुःखीहरुलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाउने गरिन्छ । आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन रहेको छ ।

जौं र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ । अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतिक समेत मानिन्छ ।

अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख गरिएको छ ।

अक्षय तृतीयामा व्राह्मण, कुलपुरोहित तथा गरिवलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथनरही आएको छ ।

यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धधक अन्न जौं र चनाको सातु खाने परम्परा रहेको छ ।