काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताउनुभएको छ ।
राजधानिमा आयोजित कार्यम्रमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।
उहाँले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताउनु भयो । निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताउनु भयो ।
उहाँले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताउनु भयो । उहाँले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हिततिर भन्दा तत्काल नाफा नोक्शातिर केन्द्रित हुने गरेको आरोप लगाउनु भयो ।
प्रधानमन्त्री दाहालले आर्थिक विकासको रणनीतिबारे राजनीतिक दलहरुले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताउन भयो । सबैको सामुहिक प्रयासबाट नै अर्थतन्त्र लयमा आउन थालेको बताउनु भयो ।
सामाजिक सेवामा देखापरेका झन्झटहरुमा पनि समाधानको प्रयास गरिरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई अफ्ठ्यारो पार्ने काम गर्न नदिने प्रतिवद्धता पनि जनाउनु भयो ।
प्रतिक्रिया